मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रको काम शुरु

मंसिर १७ पर्वत । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे गर्ने काम शुरु भएको छ । कोरोना संक्रमणको सन्त्रासका कारण रोकिएको कालोपत्रे बिच्छाउने काम ८ महिनापछि मंगलवार देखि पुन ः सुचारु भएको हो । पर्वत खण्डमा पर्ने कास्कीको नयाँपुल देखि मालढुङ्गा सम्मको २४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न थालिएको निर्माण कम्पनी लामा कन्ट्रक्सनले जनाएको छ ।
सडक कालोपत्रको काम नयाँपुल बाट शुरु भएको छ । कामदार हरु काममा खटिईसकेको कम्पनीका प्रतिनिधी राजाराम आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार जाडो नबढे सम्म कम्तीमा पनि ५ किलोमिटरमा कालोपत्रे बिच्छ्याउने काम सकिने छ । अनुकल भए सम्म कास्की र पर्वतको सिमाना सम्म कालोपत्रे बिच्छ्याउने काम निरन्तर हुने आचार्यले बताउनुभयो ।

पर्वत खण्डमा पर्ने पतीचौर र कुश्मा बजार भित्र ४ लेन र अन्य खण्डमा दुई लेनमा सडक बिस्तार हुँदै छ । निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटर मध्ये स्टक्चरको काम ९८ प्रतिशत सकिएको छ । बागलुङ्गको सिमाना मालढुंगा देखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ ।

बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरी कालोपत्रे गर्नुपर्ने अबस्था छ । पर्वत खण्डमा सडक निर्माण कार्य लामो समय सम्म अलपत्र भएपछि ब्यबस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन समेत गरेर काम थालिएको छ ।

प्रकाशित मिति १७ मंसिर २०७७, बुधबार ०३:१२