श्रीमतीको घाँटी बाँधेर हत्या गरेको खुलासा : १२ दिनपछि घटनाको डरलाग्दो रहस्य खुल्यो

मंसिर १७, पर्वत । पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेको खुलासा भएको छ । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरी अनुसन्धानका क्रममा घटना घटेको १२ दिनपछि मात्रै श्रीमानले श्रीमतीको हत्या गरेको स्वीकार गरेका हुन् ।कुश्मा नगरपालिका १३ बाम्रामा घर भएका तुलसे नेपालीले सामान्य घरायसी झैझगडाको निहुँमा श्रीमती पूर्णकला नेपालीको हत्या गरेका हुन् । कात्तिक १३ गते राति ९ बजेको समयमा घरमा पति–पत्नीबीच झगडा भएपछि श्रीमती घरबाट निस्किएको र खोज्न जाने क्रममा घर नजिकै लुकेर बसेको अवस्थामा भेटेपछि त्यही समयमा श्रीमतीको हत्या गरेको तुलसेले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

उनले श्रीमती पूर्णकलाले लगाएको लुङ्गी (महिलाले लगाउने वस्त्र) ले घाँटी बाँधेर हत्या गरेपछि झण्डै तीन समय मिटर तल बारीको कान्लामा लगेर शवलाई फालेको प्रहरी अनुसन्धानका क्रममा बताएका छन् ।
श्रीमतीको हत्या गरे पनि आरोपित नेपालीले भने आफू घटनामा संलग्न नभएको देखाउनका लागि भोलिपल्ट कास्कीको पोखरामा रहेको पूर्णकलाको माइतमा उनलाई खोज्न भनी गएको र पूर्णकलाका माइती पक्ष र आफूसहित फेरि घरमा फर्केर कुश्मा नगरपालिका १२ को ठूलीपोखरी प्रहरी कार्यालयमा मङ्सिर १५ मा खोजीका लागि उजुरी दिएका थिए ।श्रीमतीको हत्या गरेपछि बेपत्ता भएकाे भन्दै प्रहरीमा दिएको उजुरी । श्रीमतीको हत्या गरेपछि बेपत्ता भएकाे भन्दै प्रहरीमा दिएको उजुरी । 

उनले निवेदन दिएकै दिन साँझ पूर्णकला मृत अवस्थामा भेटिएपछि मृतकका दाजु डकेन्द्र नेपालीले जिल्ला प्रहरी कार्यालय पर्वत समक्ष श्रीमान् तुलसे नेपालीलाई नै किटानी जाहेरी दिएका थिए ।

…त्यसपछि मैले घाँटी कसेर मारेँ : तुलसे नेपाली

कात्तिक १३ गते । रातिको समय थियो । म मेरै दाजु नाता पर्नेको घरमा धान भित्र्यााउने काममा गएको थिएँ । दिनभरि काम गरेर बेलुका ८ बजेतिर घर फर्केपछि श्रीमती पूर्णकलाले दाइको घरमा काम गर्न किन गएको ? भनेर मलाई सोधिन् । त्यसपछि हामीबीच झगडा सुरु भयो । १३ वर्षीया छोरी ठूलीआमाको घरमा सुत्नका लागि गइसकेकी थिइन् भने ११ वर्षीय छोराले आफ्नो साथी लिएर घरमा सुत्न आएको थियो । छोरा र उसको साथी एउटा ओछ्यानमा सुते, हामी बुढाबुढी अर्को ओछ्यानमा सुत्ने तरखरमा थियौँ । झगडाकै निहुँ पारेर श्रीमती रातीको समयमा घरबाट बाहिरिइन् । एकछिनपछि म खोज्न भनेर निस्किँदा घरभन्दा केही पर झण्डै २० मिटर टाढा रहेको पानी ट्याङकीपछाडि  उनी लुकेकी रहिछिन् । मलाई उनले देखेपछि भाग्न खोज्दा उनी पानी ट्याङकीको ढक्कनमा ठोक्किन पुगिन् र त्यही ठाउँमा लडिन् । श्रीमती लडेपछि मैले मदिरा सेवन गरेको झोकमा उनैले लगाएको लुङ्गी झिकेर उनको घाँटीमा बाधेँ । बाँधेपछि उनको परान गयो । फेरि म आफू जोगिने जुक्ति निकालेर त्यही बाँधेको लुङ्गी फुकाएर त्यही लुङ्गीले बोकेर घरबाट झण्डै तीन सय मिटर तल बारीको पाखोमा उनलाई फालेँ । फालेपछि फेरि त्यही लुङ्गीले उनको घाँटी कसेर घरमा आएर सुतेँ । त्यसपछि गाउँ समाज र माइती पक्षको डरले बेपत्ता भएको निहुँ बनाएर खोज्न निस्केको हुँ । श्रीमती पूर्णकलाको हत्या मैले नै गरेको हुँ । (प्रहरीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति १७ मंसिर २०७७, बुधबार ०३:२९