स्वास्थ्य सामग्री लिएर काँग्रेस नेतृ मुना भुषाल सचेतना फैलाउन गाउँगाउँमा (फोटो फिचर)

मंसिर १९, पर्वत । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ । पर्वतमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी एवम् महिला नेतृ मुना भुषाल सचेतना फैलाउन गाउँगाउँ पुग्न थालेकी छन् ।

कुनै बेला कोभिड–१९ वाट प्रभावित बनेकी भुषाल निको भएसँगै गृह जिल्ला आएर कोरोना सम्बन्धी सचेतना फलाउन व्यस्त छिन् । उनी हाल सचेतना फैलाउन मास्क लिएर जिल्लाको दक्षिण क्षेत्रमा पुगेकी छन् । उनीसँगै नेपाल तरुण दल फलेवास नगर कार्य समितिका सभापति दिनेश लामिछाने, , बिहादी गाउँपालिका गाउँ कार्य समितिकी सदस्य लक्ष्मी आचार्य, नेपाल तरुण दल फलेवास नगरपालिका ११ पाङराङका अध्यक्ष यमन कुवँर र तरुण दल पाङराङका राजु जंङ लगायतका नेता कार्यकर्ता हिँडेका छन् । उनले हिजो (बिहीवार) नेपाली काँग्रेस बिहादी गाउँपालिकाका–१ बाच्छा वडा कार्य समितिलाई ३ सय थान मास्क हस्तान्तरण गरिन् ।

मास्क पाएपछि खुशी हुँदै सामुहिक फोटो खिँचाउँदै बिहादीका नागरिकहरु

त्यसै सोही स्थानमा अवस्थित जनकल्याण प्राविलाई २ सय मास्क र जनकल्याण माविलाई ३ सय थान मास्क गरी ८ सय स्थान मास्क वितरण गरिन । त्यस्तै बिहादी गाउँपालिका–२ बराचौरमा एक कार्यक्रमको आयोजना गरि जनचेतना जगाउँदै स्वास्थ्य सामग्री वितरण गरेकी थिईन ् । कार्यक्रममा स्थानिय नागरिकहको बाक्लो उपस्थिती रहेको थियो । भुषालले बिहादी गाउँपालिका–३ र वहाकी ४ मा पुगेर पनि मास्क लगायतका आवश्यक स्वास्थ्य सामग्री वितरण गरिन् । गाउँगाउँमा कोरोनाको बेला सचेतना सहित मास्क लगायतका स्वास्थ्य सामग्री पाएपछि नागरिक खुशी भएका थिए ।

जनकल्याण माविमा स्वास्थ्य सामग्री हस्तान्तरण गदै नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी मुना भुषाल/ स्वास्थ्य सामग्ी ग्हण गदै विदालयका प्रअ राजेनद्र आचार्य

कोरोनावाट आफु स्वयम् संक्रमित भएको र यसको रोकथाम र नियन्त्रणका लागि सचेतना जगाउँदै मास्क वितरण गरेको भुषालले बताईन् । ‘प्रत्येक वडा र सोही वडामा अवस्थित विद्यालयहरुमा मास्क वितरण गरिएको छ ।’ उनले भनिन्,‘मानिसहरु त्रासमा रहेको बेला आश जोगाउनु मैले आफ्नो कर्तव्य ठानेकी छु ।,’ महामारीको समयमा रितै गाउँ आउनुभन्दा थोरै भएपनि स्वास्थ्य सामग्री लिएर आएको उनले बताईन् । बिहादी गाउँपालिकाप्रति आफ्नो छुट्टै माया र सद्भाव रहेको बताउँदै नेता भुषालले स्वास्थ्य सामग्री वितरणप्रति आफ्नो कुनै स्वार्थ नभएको विश्वास दिलाईन । भुषालले आज फलेवास नगरपालिकाका–४ मुडिकुवा, ५ खानीगाउँ र ६ देविस्थान लगायतका वडामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।

बिहादीमा ४ वहाकीमा स्वास्थ्य सामग्री वितरण गदै

प्रकाशित मिति १९ मंसिर २०७७, शुक्रबार ०३:५६