खानीगाउँ, मुडिकुवा र देविस्थानमा स्वास्थ्य सामग्री वितरण

मंसिर १९ पर्वत । कोरोनाको जोखिम समुदायमा बढिरहेका बेला नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी एवम् महिला नेतृ मुना भुषालले फलेवास नगरपालिका ३ वटा वडामा स्वास्थ्य सामग्री वितरण गरेकी छन् । भुषालले फलेवास नगरपालिका–४ मुडिकुवा, ५ खानीगाउँ र ६ देविस्थानमा स्वास्थ्य सामग्री वितरण गरेकी हुन् ।

फलेवास नगरपालिका–४ मुडिकुवालाई पाँच सय थान मास्क प्रदान गरिएको छ । उक्त सामग्री नेपाली काँग्रेसका वडा कार्य समितिका सभापति पुनाखर गौडेललाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा नेपाल तरुण दल फलेवास नगर कार्य समितिका सभापति दिनेश लामिछाने, नेपाली काँग्रेस मुडिकुवाका पूर्व उपसभापति बिष्णु गौडेल, नेपाल रेडक्रस सोसाईटीका पूर्व महामन्त्री धनेश्वर गौडेल, नेपाली काँग्रेसका शुभचिन्तक चितानन्द गौडेल, लिलाधर गौडेल, नेपाल विद्यार्थी संघ पर्वतकी पूर्व सहसचिव सुजता गौडेल लगायतको उपस्थिती रहेको थियो ।

यता देविस्थानमा पनि आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ को जोखिमलाइृ न्यूनिकरण गर्नका लागि मास्क वितरण गरिएको छ । उक्त सामग्री भुषालले नेपाली काँग्रेस देविस्थानका सभापति नारायण प्रसाद श्रेष्ठ, पूर्व पार्टी सभापति शेषकान्त भुषाल र नेपाल शिक्षक संघ फलेवास नगर समितिका अध्यक्ष पूर्णकुमार श्रेष्ठ र काँग्रेसका क्रियाशिल सदस्य ओवि भुषाललाई हस्तान्तरण गरिएको हो ।

फलेवास नगरपालिका– ५ खानीगाउँमा भव्य कार्यक्रम सम्पन्न भएके छ । नेपाली काँगे्रस खानीगाउँका सभापति हिरामणि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै भुषालले कोभिड–१९ को जोखिम समुदायमा बढिरहेको भन्दै सचेत र सजग रहन आग्रह गरिन् । विगतमा आफु पनि कोभिडवाट प्रभावित बनेको जानकारी दिँदै भुषालले यसको रोकथाम र नियन्त्रणका लागि मास्क अनिवार्य लगाउनुपर्नेमा जोड दिईन । मास्क वितरणमा आफ्नो कुनै दलिय स्वास्थ्य नभएको बताउँदै नेता भुषालले आफ्नो दायित्व र जनताप्रतिको जिम्मेवारी बोध गरेको बताईन् । कार्यक्रममकी प्रमुख अतिथी समेत रहेकी भुषालले सरकारका कारण मुलुकमा कोराना भाइरसको संक्रमण दर बढ्दै गएको प्रति चिन्ता व्यक्त गरिन् । सरकार जनतालाई कोभिडवाट जोगाउन भन्दा पनि आफ्नोे कुर्ची कसरी जोगाउने भन्नेमा तल्लिन रहेको आरोप लगाईन । उहाँले सरकारको भर नपरि कोभिड–१९ वाट आफै सचेत र सजग रहन नागरिकलाई आग्रह गरिन ।
कार्यक्रममा स्वागत मन्तव्य प्रेस युनियन पर्वतका सचिव साजन परियार र कार्यक्रमको संचालन नेपाली काँग्रेस खानीगाउँका पार्टी सचिव भिमवहादुर क्षेत्री लम्सालले गर्नुभएको थियो ।

प्रकाशित मिति १९ मंसिर २०७७, शुक्रबार १६:४०