प्रेस युनियन पर्वतको पहिलो बैठकले ग¥यो पत्रकारका पक्षमा महत्वपूर्ण निर्णय

नेपाली आवाज, पर्वत । लोकतन्त्रवादी पत्रकारहरुको साझा संगठन एवम् अन्तराष्ट्रिय पत्रकार महासंघ नेपालवाट सदस्ययता पाउने पहिलो र श्रम कार्यालयमा दर्ता भई श्रमजिवी पत्रकारको हकहितमा समर्पित नेपाल प्रेस युनियन पर्वत शाखाको पहिलो बैठक पर्वतको कुश्मामा सम्पन्न भएको छ ।

पाँचौ अधिवेशनवाट निर्वाचित पदाधिकारीको पहिलो बैठकले रिक्त पदपूर्तिका लागि नयाँ सदस्य थप गर्ने निर्णय गरेको छ । अध्यक्ष माया अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संजय रेग्मी, शान्ति शर्मा, योगराज गिरी, कामना रेग्मी र सन्तोष केसीलाई सदस्य पदमा मनोनित गरेको छ । बैठकले सम्पूर्ण कार्यसमितिको पदस्थापना तथा अन्तरक्रिया कार्यक्रम माघ ८ गते गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरेको प्रेस युनियन पर्वतले जनाएको छ ।

बैठकले एक पत्रकार एक मिडियाको अवधारण तयार गरेको छ । त्यस्तै पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न विभिन्न तालिम तथा गोष्ठी संचालन गर्ने निर्णय गरेको जनाएको छ । प्रेस युनियन पर्वतले पर्वतमा आज भएको बस दुर्घटनाका मृत्यक प्रति दुःख व्यक्त गदै शोक सन्तप्त परिवारजनमा समावेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ ।

झण्डै दुई घण्टासम्म संचालन भएको बैठकले नेपाली पत्रकारहरुको साझा मुद्धामा एकठाउँमा उभिन र प्रेस युनियनलाई गतिशिल एवम् रचनात्मक ढंगले अगडी बढाउन महत्वपूर्ण निर्णय गरेको प्रेस युनियन पर्वत शाखाका सचिव साजन परियारले जानकारी दिनुभयो ।

प्रकाशित मिति ३ माघ २०७५, बिहीबार १४:३०