एन्फाले कार्यसमिति बैठक बोलायो, छलफलका लागि २३ एजेण्डा

मंसिर २०, काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले कार्यसमिति बैठक बोलाएको छ । वार्षिक साधारण सभासहित विभिन्न एजेण्डामा छलफल गर्न एन्फाले यही मंसिर २५ गतेका लागि कार्यसमिति बैठक बोलाएको हो ।

एन्फा हेडक्वार्टर सातदोबाटोमा २५ गते बिहान ९ बजे बस्ने बैठकमा विभिन्न २३ भन्दा धेरै एजेण्डामा छलफल हुने एन्फाले जनाएको छ । बैठकमा एन्फा क्लब लाइसेन्सिङ रेगुलेसन, एन्फाका विभिन्न विभागको रणनीतिक योजना, युवा विकास परियोजना, विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न राष्ट्रिय टिमको प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा सहभागिता तथा आयोजनालगायत विषयमा छलफल हुनेछ ।

यस्तै, एन्फाको कार्यक्रम अनुसार स्थगित भएका प्रतियोगिता पुन सञ्चालन गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्तिको लागि एन्फा साधारण सभामा सिफारिस गर्नेलगायतका एजेण्डाबारे बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति २० मंसिर २०७७, शनिबार ०१:३९