मुडिकुवामा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न

पर्वत । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् प्रदेश सभा (ख) का उम्मेदवार राजेन्द्र प्रसाद तिवारीले मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । समुदायमै कोरोना भाइरस भित्रिए सँगै तिवारीले सचेतना जगाउँदै स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो । काँग्रेस नेता तिवारीले आज फलेवास नगरपालिका–४ मुडिकुवामा ११ सय ३० थान मास्क, साबुन र सेनिटाइजर नेपाली काँग्रेस वडा कार्य समितिलाई हस्तान्तरण गर्नुभएको छ । वडा कार्य समितिले उक्त सामग्री नागरिकका घरघरमा पुगेर सचेतना जगाउँदै वितरण गर्ने छन् ।

कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले कोरोनाको महामारीमा गाउँगाउँमा सचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । सरकारले नागरिकको स्वास्थ्य प्र्रति खेलवाड गरेको आरोप लगाउँदै सचेत र सजग रहन आग्रह गर्नुभयो । कम्युनिष्टहरु देशको बिषम परिस्थितीमा पनि झगडा गरेर देशलाई बर्वादी तर्फ धकालेको बताउँदै नेता जोशीले जनताका पीर मर्का बुझ्न गाउँगाउँ जान काँग्रेस कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा काँग्रेस नेता राजेन्द्र प्रसाद तिवारीले जनतालाई स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य सामग्री लिएर गाउँगाउँ आएको बताउनु भयो । शुरुवाती अवस्थामा लकडाउनका कारण तत्काल जिल्ला आउन नसकेपनि नागरिकप्रतिको उत्तरदायित्व बोध गदै स्वास्थ्य सामग्री लिएर गाउँ आएको तिवारीले बताउनु भयो । नागरिकका हरेक दुःख सुखमा साथ दिने बाचा गदै नेता तिवारीले जनताका समस्या सँग आफु नजिक रहेको जिकिर गर्नुभयो ।


नेपाली काँग्रेसका मुडिकुवाका सभापति पुनाखर गौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सभा गण्डकी प्रदेशका उम्मेवार जितवहादुर नेपाली, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, अर्का महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, नेपाली काँग्रेस पर्वतका आमन्त्रित जिल्ला सदस्य भिव सुवेदी, देविप्रसाद विलासी, नेपाल महिला संघ पर्वतका कावअध्यक्ष मुना शर्मा लामिछाने, नेपाली काँग्रेस फलेवास नगरपालिका नगर सभापति हिरामणि सापकोटा, नेपाली काँग्रेस पर्वतका पूर्व कोषाध्याक्ष कृष्ण गौडेल, नेपाल तरुण दल फलेवास नगरपालिका सभापति दिनेश लामिछाने, नेपाल शिक्षक संघ फलेवासका सभापति पूर्ण कुमार श्रेष्ठ, नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेल र नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका पूर्व महामन्त्री धनेश्वर रेग्मी, नेपाल महिला संघ मुडिकुवाकी नेता लक्ष्मी गौडेल लगायतले बोल्नुभएको थियो ।


उक्त कार्यक्रमको संचालन काँग्रेस मुडिकुवाका नेता सागर गौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति २० मंसिर २०७७, शनिबार १५:१६