कोरोनाका कारण मृत्यु भएका परिवारलाई श्रेष्ठद्धारा नगद सहयोग

पर्वत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएका परिवारलाई अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार एवम् एनआरएनए का आईसीसी सदस्य अर्जुन कुमार श्रेष्ठले सहयोग गर्नुभएको छ । रोजगारीको शिलशिलामा दुई बर्ष अगाडि दुबई गएका कुश्मा नगरपालिका–१ पाङका ३५ बर्षिया रमेश परियारको गत जेठमा मृत्यु भएको थियो । उनका एक श्रीमति सहित एक छोरा र दुई छोरी रहेका छन् ।

अन्तराष्ट्रिय पर्वत समाजद्धारा सहयोग हस्तान्तरण गर्न पुगेर श्रैष्ठले परिवारको नाजुक अवस्था देखेर व्यक्तिगत रुपमा १० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । पीडितहरुको जिविको पार्जनमा थोरै भएपनि सहयोग पुगोस् भन्ने हेतुले रकम सहयोग गरेको श्रेष्ठले बताउनु भयो । स्वर्गिय परियारको स्वार्गवासको कामना गदै श्रेष्ठले परिवारको शिक्षादिक्षाका लागि भावी दिनमा थप सहयोग गर्ने आश्वासन दिनुभयो ।

पीडितलाई हिजो (शनिवार) नै अन्तराष्ट्रिय पर्वत समाजद्धारा किरिया खर्च वापत ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।

राहात हस्तान्तरण कार्यक्रममा श्रेष्ठ सहित कुश्मा नगरपालिका–१ पाङका वडा अध्यक्ष देवेन्द्र सुवेदी, अन्तराष्ट्रिय पर्वत समाज नेपालका प्रतिनिधी मुना भुषाल, अन्तराष्ट्रिय पर्वत समाजका कानुनी सल्लाहकार केशवराज पुरी, कुनपा–१ पाङका वडा सदस्य बिरेन्द्र रिजाल नेकपा पर्वतका सचिवालय सदस्य एवम् कुश्मा नगरपालिका–२ खुर्कोटका अध्यक्ष शेषराज रेग्मी, नेपाली काँग्रेस पाङका सभापति खगराज पौडेल र कुश्मा नगरपालिकाका कर्मचारी टेकवहादुर परियार उपस्थिती रहेको थियो ।

प्रकाशित मिति २१ मंसिर २०७७, आईतवार ०२:४७