नेपाली काँग्रेस पर्वतले शुरु ग¥यो ‘जनता सचेतना अभियान’

मंसिर २१, पर्वत । नेपाली काँग्रेस पर्वतले ‘जनता सचेतना अभियान’ थालेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि काँग्रेसले ‘जनता सचेतना अभियान’ लिएर गाउँगाउँ पुग्न थालेको हो । अभियान अन्तर्गत काँग्रेस पर्वतले जनताको घरघरमा पुग्ने, समस्या बुझ्ने, स्वास्थ्य सचेतना जगाउने र सामग्री वितरण गर्ने छ ।

अभियानलाई सफल बनाउन पर्वत काँग्रेसका नेता कार्यकर्तालाई परिचालन गरिएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले जानकारी दिनुभयो । अभियान अन्तर्गत सबै नेताहरु स्वास्थ्य सामग्री देखी भेटघाट कार्यक्रममा व्यस्त रहेको जोशीले बताउनु भयो । सरकार जनताका समस्या प्रति उदासिन देखिएको र जनताका समस्याप्रति सरकारको उपस्थिती नदेखिएकाले काँग्रेसले अभियान चलाएको उहाँको भनाई छ । सरकार आफ्नै स्वार्थमा रुमालिएको बताउँदै जोशीले जनताको जीवन रक्षामा भने ध्यान नदिएको आरोप लगाउनुभयो ।

कोरोनाको महामारी देखी दैविक विपत्तीमा काँग्रेसले राहात रकम वितरण गर्नुका साथै जस्तापाता, त्रिपाल लगायत स्वास्थ्य सामग्री वितरण गरेको उहाँको भनाई छ । उहाँले काँग्रेस जनताको पार्टी भएकाले सँधै जनताको सेवामा लागिरहेको जिकिर गर्नुभयो । सरकारका कारण जनतामा निराश बढिरहेको बेला काँग्रेसले जनतालाई राहात दिने काम गरेको उहाँको भनाई छ । नेकपाका कारण अहिले संविधान, लोकतन्त्र र जनताको जिउधन संकटमा परेको अवस्थामा जनतालाई सचेत र सजग रहन सबैलाई आह्वान गर्नुभयो ।

अभियान अन्तर्गत नेपाली काँग्रेस पर्वतले फलेवास भु.पु सैनिक मञ्च देविस्थानलाई एक थान कम्प्युटर सहयोग गरेको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् प्रदेश सभा सदस्य ९ख०का उम्मेदवार राजेन्द्र प्रसाद तिवारीको प्रयोजनमा प्राप्त कम्प्युटर आज हस्तान्तरण गरिएको छ । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, काँग्रेस नेता राजेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य गंगाधर तिवारी, राधाकुवँर क्षेत्री, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य रामबहादुर प्रसाई (जीवन) नेपाली काँग्रेस फलेवास नगर सभापति हिरामणी सापकोटा, फलेवास नगरपालिका–४ मुडिकुवाका सभापति पुनाखर गौडेल, नेपाली काँग्रेस देविस्थानका सभापति नारयण प्रसाद श्रेष्ठ, नेपाल महिला संघ पर्वतका कार्यवाहक अध्यक्ष मुना शर्मा लामिछाने, ने।वि।संघ पर्वतका नेता शिशिर शर्मा पौडेल, नेवि।संघ फलेवास नगर समितिका सभापति सन्तोष पाठक, भु।पु सैनिकका तर्फबाट कृष्ण शर्मा र निर्मल क्षेत्री लगायत बोल्नु भएको थियो ।

फलेवास भु.पु सैनिक मञ्चका अध्यक्ष डिल्लिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाली काँग्रेस खानीगाउँका सचिव भिमबहादुर क्षेत्रीले गर्नु भएको थियो । सोही अवसरमा नेपाली काङ्ग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले भु।पु सैनिक फलेवासलाई अक्षयकोष स्थापनाका लागि ६ हजार सहयोग गर्नु भएको छ ।

प्रकाशित मिति २१ मंसिर २०७७, आईतवार १४:४३