बर्तमान सरकार पुरै असफल : केन्द्रिय सदस्य जोशी

पर्वत । नेपाली काँग्रेस पर्वतको ‘जनता सचेतना अभियान’ पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा सम्पन्न भएको छ । अभियान अन्तर्गत नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् प्रदेश सभा ख का उम्मेदवार राजेन्द्र प्रसाद तिवारीको प्रायोजनमा कोभिड–१९ को महामारीलाई मध्येनजर गदै स्वास्थ्य सामग्री प्रदान गरिएको हो । मास्क, सेनिटाईजर र साबुन जस्ता सामग्री नेपाली काँग्रेस वडा कार्य समिति कार्कीनेटालाई प्रदान गरिएको छ । उक्त सामग्री वडा कार्य समितिले नागरिकका घरघरमा पुगेर वितरण गर्ने छ ।

कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेस केन्द्रिय सदस्य एवम् स्थानीय समन्वय विभाग प्रमुख अर्जुनप्रसाद जोशीले कोरोना महामारीमा सरकार जिम्मेवारीवाट पन्छिएको बताउनु भयो । कोरोनाका कारण सरकार विपन्न तथा गरिब नागरिकलाई राहात दिन तथा उनीहरुको रोजगारीलाई सुनिश्चित गर्न सरकार असफल भएको उहाँको भनाई छ । नेता जोशीले बर्तमान सरकार पुरै असफल भइसकेको दाबी गर्दै यहाँ भन्दा असफल हुने ठाउ नरहेको दाबी गर्नुभयो । जोशीले जनताका समस्या प्रती सरकार उदासिन रहेको भन्दै सरकारसग नागरिकले गरेका अपेक्षा पुरा गर्न सरकार असफल भएको टिप्पणी गर्नुभयो । सरकार जनताका समस्याप्रति उदासिन देखिएको र जनताका समस्याप्रति सरकारको उपस्थिती नदेखिएकाले काँग्रेसले अभियान चलाएको बताउनु भयो । सरकार आफ्नै स्वार्थमा रुमालिएको बताउँदै जोशीले जनताको जीवन रक्षामा भने ध्यान नदिएको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालले जनताका समस्याप्रति काँग्रेस सँधै अगाढि बढ्ने बताउनु भयो । कोरोना र लकडाउनको समयमा नेपाली काँग्रेस पर्वतले जिल्लाका सबै स्वास्थ्य संस्थामा सामग्री वितरण गर्नुदेखी नागरिकको घरदैलोमा राहात बोकेर पुगेको स्मरण गदै काँग्रेस सँधै जनताको पक्षमा रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेता राजेन्द्र प्रसाद तिवारीले नागरिकप्रतिको जिम्मेवारीलाई निरन्तर काँधमा बाकेर हिँडेको बताउनु भयो । लकडाउनका कारण तत्काल जिल्ला आउन नपाएपनि बताउँदै नेता तिवारीले नागरिकका समस्यावाट आफु कहिल्यै नभाग्ने दावी गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी एवम् कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य चुडामणि शर्मा, नेपाली काँग्रेस पर्वतका आमन्त्रित सदस्य शिव सुवेदी, नेपाली काँग्रेस कार्कीनेटाका पूर्व पार्टी सभापति विश्व पौडेल लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस कार्कीनेटाका उपसभापति तुलसी पाध्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन पार्टी सचिव चित्र पौडेलले गर्नुभयो ।

प्रकाशित मिति २२ मंसिर २०७७, सोमबार ११:४१