परिचयः–
हरेक बर्ष २५ नोभेम्बर देखी १० डिसेम्बर सम्म १६ यो अभियान सन्चालन गरिन्छ । यो १६ दिबसिय अभियानको शुरुको दिनमा महिला हिंसा बिरुद्धको दिवस र अन्तिम दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाईन्छ ।
तिन दिदिबहिनिहरु पेट्रीया, मिनर्भा र मारिया डोमिनिकन तानाशाहका बिरुद्द चालेको आन्दोलन र उक्त आन्दोलनमा उनीहरु डोमिनिकन निरङ्गकुश तानाशाही ‘त्रुजिलो’ शासकबाट गरिएको हत्या नै यो दिवस शुरूवातका लागि कोशेढुङ्गा बन्यो । सन १९६० नोभेम्बर २५ का दिन उनीहरु डोमिनिकन तानाशाह त्रुजिलो बिरुद्द आन्दोलनमा जेल परेका आफ्ना श्रीमानहरुलाई भेटेर फर्कदा निर्शम्स तरिकाले गाडी चालक सहित हत्या गरिएको थियो । सोही घटनामा हत्या गरिएको ३ बहिनिको सम्मानमा सयुक्त राष्ट्र संघले उक्त नोभेम्बर २५ लाई महिला हिंसा बिरुद्दको दिवस मनाउने गरि सन १९९९ को महासभाले निर्णय गर्यो । नेपालमा भने २०५४ देखि यो दिवस मनाउदै आईरहेको छ ।
महिला हिंसा र प्रकार :–
महिलाहरु माथी हुने शारीरिक , यौनिक, मनोबैज्ञानिक, मानसिक रुपमा हानी गर्नु हिंसा हो । यो हानी महिलाको निजि वा सार्बजनिक दुबै जिवनमा हुन सक्दछ । दुनियाँको कुनै पनि भुगोल, सँस्कृती, धर्म, समाज र अर्थतन्त्र यसबाट मुक्त छैन ।
विश्व स्वास्थ सङ्गठनका अनुसार तपशिल बमोजिमका कार्यहरु महिला हिंसामा पर्दछन ।
१. शारिरिक हिंसा M– कुटपिट , बलपूर्वक गर्भपतन, अङ्गभङ्ग, थुन्ने, जलाउने, कार्यबोझ थप्ने आदि
२. मनोबैज्ञानिक हिंसा : यातना, साँस्कृतिक विभेद, आर्थिक विभेद आदि
३. यौनजन्य हिंसा : जबरजस्ती करणी, यौनजन्य दुव्र्यवहार, यौन यातना, यौन शोषण, बैबाहिक बलात्कार, हाडनाता करणी, मानव बेचबिखन र ओसारपसार
४= मानसिक हिंसा : होच्याउने, धम्की दिने, हेप्ने, गाली, भेदभाव , झुटा आरोप आदि
महिला हिंसाको बर्तमान अबस्था :–
यस बर्ष राष्ट्रिय महिला आयोगका अनुसार अक्टोबर २०२० महिनासम्म महिला आयोगमा १३, ४७७ र घटना दर्ता भएका छन । जसमध्ये
१. मानसिक हिंसा :– ३९%
२. आर्थिक हिंसा : ३१%
३. शारीरिक हिंसा : २४%
४. बलात्कार जस्ता यौन जन्य हिंसा : ६५ छन ।
समाज सभ्य, चेतनशिल हुँदै जादा यस्तो संख्या अझ बढिरहेको छ । यो महिलाका लागि कहालीलाग्दो अवस्था हो ।
महिला हिंसाले पारेको असर :
यस्ता हिंसाहरुले समाज नै कुरुप हुनेगरी असर पारिरहेको छ । आधा समाज अस्तब्यस्त हुनु बिकासका लागि घातक पनि हो । यस्ता हिंसाहरुले महिलाहरुमा डर लाग्ने, चिन्तामा पर्ने, खान मन नलाग्ने, आत्महत्या गर्ने, यौन अङ्ग मृगौलामा संक्रमण हुने, आत्मनिर्भर नहुनु, आत्मबिश्वास्को कमी हुनु, रोगी सन्तान जन्मिनु, गर्भ पतन हुनु, आदि असर पारेको देखिन्छ ।
महिला हिंसा विरुद्द कानुनी ब्यबस्था :
१. संबैधानिक ब्यबस्था
धारा ३८ मा महिलाका हक, धारा २१ पिडितको हक, धारा २९ मा शोषण बिरुद्द्को हक, धारा ४६ संबैधानिक उपचारको हक
कानुनी ब्यब्स्था
लैङ्गिक समानता एन २०६३, विभिन्न सरकारी सेवामा महिला प्रतिनिधित्व हुने गरि बनेका एनहरु, नेपाल नागरिकता एन २०६३ (आमाको नामबाट), मानव बेचबिखन नियन्त्रण एन २०६४, बोक्सिको आरोप ऐन २०७२, घरेलु हिंसा ऐन २०६६, बोक्सिको आरोप कसुर ऐन २०७२, एसिड आक्रमण बिरुद्द्को अध्यादेश २०७७, बलात्कारीलाई सजाय दिने अद्यायदेश २०७७ (मिलापत्र गराउनेलाई समेत सजाय )
महिला हिंसाको स्वरुप :
बर्तमान समयमा नेपाली समाजमा निम्न अनुसारको स्वरुपमा महिला हिंसाको स्वरुपहरु पाइन्छन ।
१.शारीरिक हिंसा :
२. मनोबैज्ञानिक हिंसा
३.यौनजन्य हिंसा
४.मानसिक हिंसा
५. सामाजिक हिंसा
६.आर्थिक हिंसा
७.धार्मिक तथा सास्कृतिक हिंसा
८.राजतितिमा महिला माथी हुने हिंसा
९. घरेलु हिंसा
१०. कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार
११. सार्बजनिक स्थलमा हुने हिंसा
१२. महिला हिंसाको आधुनिक स्वरुप (बेश्याबृती गर्नका लागि यौन उद्योग चिनमा समेत, मानवअधिकारको पुर्ण दुहाई दिने युरोपमा समेत (हाम्रा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले यस्तो उद्द्योगको पक्षमा गर्नु भएको वकालत)
यी माथिका स्वरुपमा भौतिक रुपमा हुने भूण हत्या, शारीरिक कुटपिट, बोक्सीको आरोप, यातना हत्या, बालबिबाह, बहुबिबाह, तेजाब हान्ने, खान लगाउन नदिने, बेचबिखन गर्ने, दाइजो प्रथा, कार्यबोझ , सम्पत्ती र घरब्यबहारमा विभेद, राजनीतिक रुपमा विभेद, विकास निर्माणमा कम सहभागिता, तल्लो पद (उप), यौनजन्य सम्बन्धका कारण पदिय जिम्मेवारी पाउनेर नपाउने आदि छन ।
महिलाको राजनैतिक पहुँच : नेपालमा विदुषी योगमायाको समुह आन्दोलन बि.सं. १९७४ र १९७७ को सति प्रथाको अन्त्यबाट शुरु भएको देखिन्छ । बिं. स= २००४ मा भने आधिकारिक रुपमा नै महिला संघ जस्तो गरिमामय, संगठनको शुरुवात मङ्गलादेबी सिंहको नेतृत्वमा शुरु भएको थियो । यो अहिले ७३ बर्ष पुगेको छ । साहना प्रधानको नेतृत्वमा अर्को सङ्गठन अखिले नेपाल महिला संघ बि. स. २००८ मा शुरुआत भएको देखिन्छ । वर्तमान अबस्थामा संघिय संसदमा ३३५, प्रदेश सभामा ३३५ र स्थानीय तहमा ४०५ महिलाको सहभागिता सुनिश्चित गरिएको छ भने प्रत्येक वडामा कम्तीमा २ जना महिला अनिवार्य गरिएको छ ।नेकपाको सचिवालयमा महिलाको संख्या शून्य छ भने नेपाली काँग्रेसका कार्यकारी पदमा १ जना कोषाध्यक्ष महिला हुनुहुन्छ । नेकपा ४५ सदस्यीय स्थाई कमिटीमा जम्मा २ जना महिला छन । नेपाली काँग्रेसको डद्ध सदस्यीय केन्दिय समितिमा १७ जना र नेकपाको ४४५ सदस्यीय केन्द्रिय कमिटीमा ७४ जना महिलाको उपस्थिति रहेको छ ।
निश्कर्ष :
नेपालमा राष्ट्रपती महिला हुनुहुन्छ । पुर्व सभामुख र प्रधानन्यायाधीश महिला हुनुहुन्थ्यो । महिलाको प्रतिनिधित्व पनि विभिन्न राजनैतिक र निर्वाचित ठाउँमा भएको छ । यो हाम्रो लागि शुभ संकेत हो । तर, दिन प्रतिदिन महिला माथिको हिंसा बढ्दै गएको छ । यो राम्रो संकेत होइन । महिला प्रतिनिधित्व गर्दा पनि कि त उप भन्ने पदमा कि त कारिन्दाको काम गर्ने पदमा छ । निर्णयाक भुमिकामा महिला आउनु पर्ने अबको आवश्यकता छ । यसरी हेर्दा कि त ती प्रतिनिधित्व गर्ने महिला नै महिला मैत्री भएनन कि त उक्त संरचनाले काम गर्न दिएको छैन । महिलाको क्षमता विकास आहिलेको आवश्यकता हो । क्षमता नभएका र आफ्नो इशारामा घुम्ने महिलाहरुलाई यो पुरुष प्रधान समाजले त्यस्तो राजनैतिक वा अनि निर्वाचित पदहरुमा प्रयोग गरेको कारणले यस्तो भइ रहेको पाउछौ । फिनल्यान्डलाई हेरौ त क्षमतावान महिलाहरुले हाकेको देश । यस्ता धेरै उदाहरण छन । जसमध्ये यस्ता हिंसा अन्त्यका लागि निम्न कामहरु गर्नु उचित देखिन्छ ।
१. महिलाको आफ्नो क्षमता बिकासका लागि कार्यक्रम
२. सम्पतीमा महिलाको स्वामित्व
३. शिक्षामा पहँच
४. स्थापित सामाजिक, धार्मिक, साँस्कृतिक कुरीती र कु–प्रथाको जबरजस्ती बिरोध र अन्त्य
५.कानुनको सिधा प्रयोग (बिना दबाव र विभेद) दक्ष अनुसन्धान प्रहरी
६. पितृसत्तात्मक समाजको समुल अन्त्य
७. पुरुष प्रधान सामाजिक संरचनाको अन्त्य
८. महिलाहरु बिच सङ्गठित सचेतना अभियान
९. महिला हिंसा बिरुद्द महिलाकै नेतृत्वमा पुरुष पनि सँगसँगै
धन्यवाद , जय नेपाल।
प्रकाशित मिति २५ मंसिर २०७७, बिहीबार ०२:५६