मंसिर २९ गते सरकारविरूद्ध सडकमा उत्रन कार्यकर्तालाई आह्वान

मंसिर २६, पर्वत । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागि जनाउन लोकतन्त्रप्रेमी महानुभावहरुलाई आह्वान गरेको छ । कम्युनिष्ट सरकारको अधिनायकवादी चिन्तन र व्यवहारका विरुद्ध एक जुट भई विरोध प्रदर्शनमा सहभागि हुन नेपाली काँग्रेसले आह्वान गरेको हो ।

नेपाली काँग्रेसको केन्द्रिय समितिको निर्णय अनुसार विरोध प्रर्दशन कार्यक्रमको आयोजना गरिएको नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले जानकारी दिनुभयो । सभापति भुषालले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो,‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारी तर्फ गम्भिर छैन ।

नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरु नपाएर छटपटिरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रीत भएको छ । त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौं । प्रदर्शनमा उपस्थितीका लागि काँग्रेसले पार्टी सदस्य र शुभचिन्तकलाई आह्वान गरिएको छ ।

दिउँसो १२ बजे कुश्मा बजारको लोकतान्त्रिक चोकवाट शुरु हुने विरोध कार्यक्रममा पर्वत जिल्लाका ७ वटा स्थानियतहवाट १/१ हजार मान्छे उर्ताने तयारी भईरहेको सभापति भुषालले जानकारी दिनुभयो । बिरोध कार्यक्रमले कुश्मा बजार परिक्रम गरी कोण सभामा परिणत हुने छ । सभालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार ०२:२५