मानव अधिकार संगठन पैयुँको संयोजकमा गुप्तप्रताव सेन

पर्वत । मानव अधिकार संगठन पैयुँ गाउँपालिकाको संयोजकमा गुप्तप्रताव सेन चयन हुनुभएको छ । ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानब अधिकार संगठन पर्वतले पैयँ गाउँपालिकामा पालिका स्तरिय कार्यसमिति चयन गरेको हो । समितिको सचिवमा तेजेन्द्र न्यौपाने चयन हनुभएको छ । त्यस्तै सदस्यहरुमा सरिता सिँङ, गिता शर्मा र मोहनीलाल भुषाल चयन हुनुभएको मानव अधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै पैयु गाउँपालिकाका प्रमुख खगेन्द्र प्रसाद तिबारीले गाउँपालिकाले मानवाधिकार सुनिश्चित हुने गरी बिभिन्न प्रविधिको विकासमा जोड दिएको बताउनुभयो । मानवाधिकार हनन नहुने गरी पैयुँबासीलाई सुुसूचित गराउन गाउँगाउँमा बिभिन्न सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । तिबारीले सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त रहेको भन्दै त्यसलाई प्रभावकारी रुपमा अघि बढाउन मानव अधिकारकर्मीको आग्रह गर्नुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष जसमति गुरुङले लोतन्त्रमा नागरिकमा हक, अधिकार र स्वतन्त्रको सुनिश्चितता हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समबन्य समिति पर्वतका उपसंयोजक याम कुमारी राना र मानब अधिकार संगठनका केन्द्रिय सदस्य हरिनारायण रेग्मी लगायतले बोल्नुभएको थियो । मानब अधिकार संगठन पर्वतका अध्यक्ष माधब पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रुद्र पौडेलले गर्नुभएको थियो । यसैबिच नेपाल मानव अधिकार संगठन जिल्ला शाखा पर्वतले ७२ औँ अन्तराष्ट्रिय मान अधिवकार दिवस २०७७ को पुर्व सन्धामा कोरोनावाट मुक्ति, शान्ति, सामाजिक सद्धाव र राजनितिक स्थिरताको लागि लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरेको थियो ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार ०४:०५