सिडेन गण्डकीको सचिवमा रिमाल

नेपाली आवाज । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट सचिवमा कुश्मा नगरपालिका सूचना प्रविधि अधिकृत राजिव रिमाल चयन हुनुभएको छ ।

सुरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले समितिको उपाध्यक्षमा खेमराज कोइराला, सचिवमा राजीव रिमाल, सहसचिवमा अजित केसी र कोषाध्यक्षमा धु्रवकुमार वाग्ले चयन भए ।

सदस्यमा हेमप्रसाद गुरुङ, बलराम पाठक, सन्तोष ओझा, मनोज गिरी, सन्देश पराजुली, कृष्ण घिमिरे, पारस रेग्मी, अञ्जनदेव ढकाल, गणेश पाण्डे, विनोद शर्मा, अमित रौनियार, सन्दिप कँडेल र आदर्श लामिछाने चुनिए ।

प्रकाशित मिति ४ माघ २०७५, शुक्रबार ००:३२