नेपाल बाल संगठन पर्वतको अध्यक्षमा अर्जुन पौडेल ‘निर्जन’

मंसिर २८, पर्वत । नेपाल बाल संगठन पर्वतको नयाँ कार्य समिति चयन भएको छ । शनिवार भएको साधारण सभाबाट अर्जुन पौडेल निर्जनको अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको हो । नव गठित समितिको उपाध्यक्षमा थानेश्वर भुषाल सचिवमा लोकप्रसाद पौडेल र कोषाध्यक्षमा सरस्वती भण्डारी चयन भएकी छिन् । नव गठित कार्य समितिको सदस्यहरुमा धनराज वि पौडेल, मिना शर्मा, मदन शर्मा र नरेन्द्र थापा चयन भएका छन् ।

आजै बसेको संगठनको कार्य समितिको वैठकले हिमबहादुर पौडेल क्षेत्री, केशवराज पुरी कार्य समितिमा मनोनित गरेको छ २०२१ सालमा गठन भएको बाल संगठनको साधारण सभाको उद्घाटन शत्रमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले बालबालिकाको हक, हित र संरक्षणका लागि बाल संगठनले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । उनले समिति बन्ने मात्र नभई त्यो समितिले भूमिका सहितको कर्तब्य पुरा गर्नुपर्ने बताए । जिल्लामा अझै पनि कतिपय बालबालिकाहरु अभिभावक विहिन भइरहेको भन्दै त्यस्ता बालबालिकाको संरक्षण गर्नु बाल संगठनको प्रमुख भूमिका रहेको उनको भनाई छ ।

कार्यक्रममा मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले युवाहरु विदेशी भूमिमा रमाउने तर नेपालमा बस्न नचाहने बाध्यता हटाउनुपर्ने धारणा राखे । उनले बालबालिकाको मनस्थिती नै ठूलो भएपछि विदेशमा जानुपर्छ भन्ने परीरहेको भन्दै नेपालमै बसेर केहि गर्नुपर्छ भन्ने भावना जागृत गराउनुपर्ने उनको भनाई थियो । कार्यक्रममा उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदार नाथ शर्मा, बाल मन्दिर प्राविका प्रअ यामबहादुर राना लगाएतले बाल संगठनको विषयमा धारणा राखेका थिए ।

संगठनको तदर्थ समितिको रुपमा सरकारले नवराज भुषाललाई चयन गर्दै ३ महिना भित्र नयाँ समिति गठन गर्न आदेश दिएको थियो । सोहि बमोजीम भुषालले समयअवधि भित्र साधारण सभाको आयोजना गरी नेतृत्व हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार ०२:०५