फलेवास नगरपालिकाका सवै वडामा घरेलु औजार उद्योग स्थापना गरिने

मंसिर २८, पर्वत । पर्वतको फलेवास नगरपालिकाका सवै वडामा घरेलु औजार उद्योग स्थापना गरिने भएको छ । ग्रामीण क्षेत्रमा आवश्यक घरलु उपयोगका औजारहरु निर्माण गर्ने र विपन्न नागरिकहरुको आयआर्जनमा सघाउ पु¥याउने उद्धेश्यले फलेवासका ११ वटै वडामा औजार उद्योग स्थापना गर्न थालिएको हो ।

गत आर्थिक वर्षदेखि बजेट बिनीयोजन गरेर उद्योग स्थापना गर्ने अभियान थालिएको छ । यस वर्ष तीन वटा वडामा उद्योग स्थापना हुने छन् भने बाँकी चालु आर्थिक वर्षको अन्त्यतीरदेखि निरन्तर स्थापना गरिँदै लैजाने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष वडा नं. ८ ठानामौला, वडा नं. १ कार्किनेटा र वडा न.ं ४ चुरीमा उद्योग स्थापना शुरु गरिएको छ ।

घरेलु औजार उद्यागमा ग्रामीण क्षेत्रमा आवश्यक पर्ने हसिया, बाउसा, कोदाली, बन्चरो, आरा, करौती, खुकरी, फलामका विभिन्न भाँडाकुडा, हलो, तथा तामाका भाँडाकुडाहरु निर्माण हुने छन् । जसले आयातीत बस्तुहरुलाई विस्थापन गरि विपन्न नागरिकहरुको आयआर्जनमा सुधार हुने विश्वास लिईएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । फलेवास नगरपालिकामा १०९ वटा आरन व्यावसाय रहेका छन् । तीनहरुलाई गत वर्षदेखिनै आरन सुधार अभियान अन्तर्गत आधुनिक सामाग्रीहरु नगरपालिकाले वितरण गरिसकेको छ ।

नगरपालिकाले रु ३६ लाख रुपैया बिनीयोजन परेर परम्परागत घरेलु औजार उद्योगलाई प्रवद्र्धनको काम अघि बढाएको नगरप्रमुख शर्माले बताउनुभयो । विपन्न नागरिकहरुले निर्वाहमुखि रुपमा संचालन गर्दै आएको आरन पेशालाई आधुनिकिकरण गर्दै नगरपालिका भित्र चाहिने फलाम र तामाका सामानहरु उत्पादन गर्ने अभियान प्रभावकारी हुने नगर उपप्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार ०२:११