नेपाल ट्रेड युनियन काँग्रेस पर्वतले थाल्यो संगठन विस्तार अभियान

मंसिर २८, पर्वत । नेपाल ट्रेड युनियन काँग्रेस पर्वतले संगठन विस्तार अभियान थालेको छ । नेपाल ट्रेड युनियन पर्वतको आज बसेको कार्य समितिको बैठकले जिल्लाका सबै स्थानिय तहमा संगठन विस्तार गर्ने निर्णय गरेको हो । संगठन विस्तार गर्न ट्रेड युनियन काँग्रेस पर्वतले पालिका स्तरिय संयोजक तोकेको छ ।

ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीको अनुसार कुश्मा नगरपालिकाको संयोजकमा सागर गिरी चयन हुनुभएको छ । त्यस्तै फलेवास नगरपालिका र बिहादी गाउँपालिकाको संयोजकमा मोती च्वाई, मोदी गाउँपालिको संयोजकमा सुशिल विक्रम लामिछाने, जलजला गाउँपालिकाको संयोजकमा मुना शर्मा लामिछाने र पैयु गाउँपालिकाको संयोजकमा पूर्ण कुमार श्रेष्ठ चयन हुनुभएको छ ।

ट्रेड युनियनको भूमिका, ट्रेड युनियनको शिक्षा,सामजिक सुरक्षा तथा संगठन बिस्तार कार्यक्रम अन्तर्गत संयोजक तोकेको अध्यक्ष केसीले बताउनु भयो । संयोजकले पालिका स्तरिय समिति गठन गर्ने छन ।

साथै नेपाल ट्रेड युनियन पर्वतले नेपाली काँग्रेसले कम्युनिष्ट सरकारको अधिनायकवादी चिन्तन र व्यवहारका बिरुद्ध मंसिर २९ गते (भोली) हुने विरोध प्रदर्शनमा सहभागि जनाउन नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका सम्पूर्ण पदाधिकारीलाई अनिवार्य उपस्थितीका अनुरोध गरेको छ ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार ११:०६