सरकार लाटो त थियो, अन्ध र बहिरो पनि भएको छ : नेवि संघ सभापति  सुवेदी

मंसिर २८, पर्वत । पर्वतको कुश्मामा सिठी र राँके जुलुस प्रदर्शन गरिएको छ । नेपाली काँग्रेसले सरकारका बिरुद्ध भोली देशव्यापी विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको पूर्वसन्ध्यामा आज साँझ कुश्मामा सिठी र राँके जुलुस गरिएको हो । नेविसंघ पर्वतले आयोजना गरेको ¥याली नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय बाट शुरु भएको भई कुश्मा बजार परिक्रमा गरेको नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेलले जानकारी दिनुभयो । सयौँको संख्यामा सहभागी भएका काँग्रेस कार्यकर्ताहरुले नालायक सरकार मुर्दाबाद, केपी ओली राजनीनामा देउ, भष्टाचारी सरकार मुर्दाबाद लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेको नेवि संघका नेता पौडेलले जानकारी बताउनु भयो ।

कोण सभालाई सम्बोधन गदै नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदीले सरकारका कारण मुलुकमा बेतिथी र भष्ट्राचार बढेको आरोप लगाउनु भयो । कम्युनिष्टहरुको भष्टाचार र कमिशनमा कुरा नमिल्दा आन्तरिक कलहमा मच्चाएर मुलुकलाई बर्वादी तर्फ धकालेको सुवेदीको आरोप छ । ‘सरकार अधिनायकबादको बाटोमा हिँडेको भन्दै सबै एकजुट भएर सरकारका गतल कामका बिरुद्ध आन्दोलन गर्नुपर्ने उहाँको भनाई छ । ‘सरकार कुरुर, बहिरो र अन्धो भएकाले नेवि संघले सिठ्ठी फुकेर सरकारको कान खुलाउने काम गरेको छ । यदी सिठ्ठि मार्फत सरकारको कान खुलेन भने हामी झिर कोचेर कान खुलाईदिने छौँ,।’सुवेदीले भन्नुभयो ।

मुलुकमा भष्टाचार, बलात्कार र बेतिथी बढ्दा समेत चुप लागेर बस्नु भनेको मुलुकका लागि दुर्दशा भएकाले सरकारको बर्हिगमन नै अवको विकल्प भएकाले सबै जनता सडकमा आउनुपर्ने उहाँको भनाई छ ।

यसै बिच नेपाली काँग्रेसको केन्द्रिय समितिको निर्णय अनुसार कुश्मा बजारमा भोली नेपाली काँग्रेस पर्वतको आयोजनामा विशाल विरोध ¥याली गर्ने तयारी छ । ¥यालीमा सहभागी बन्न नेपाली काँग्रेसका सबै तह तप्कामा रहेका पदाधिकारी, सदस्य एवं सर्वसाधारणहरुलाई सहभागी हुन अनुरोध गरिएको छ ।उक्त कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघ पर्वतका सचिव दया सुवेदीले गर्नुभएको थियो ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार १४:४८