तमुधिं यूकेको अध्यक्षमा पर्वतका हितकाजी गुरुङ निर्वाचित

पर्वत २९, पर्वत । बेलायतको सवैभन्दा ठुलो जातीय संस्था तमुधिं यूकेको अध्यक्षमा पर्वतका हितकाजी गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा जन्मिनु भएका गुरुङ अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक तथा पर्वत वेलफेर सोसाइटी युकेका संस्थापक अध्यक्ष एवम् हाल सल्लाहकार हुनुहुन्छ । ११ औँ महाधिवेशनका लागि दिइएको समयअवधिमा अध्यक्ष गुरुङको मात्रै उम्मेदवारी परेकोले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । । यसअघि उहाँ सो संस्थाको उपाध्यक्ष हुनुहुन्थ्यो ।

संस्थाको उपाध्यक्षमा पर्वतका हरि गुरुङ र जुमकाजी गुरुङ निर्बाचित हुनुहुभएको छ । दुवै जना पर्बत वेलफेर सोसाइटी युकेका सल्लाहकार हुन् । निर्वाचन समितिले यसको औपचारिक घोषणा २० डिसेम्बर अधिवेशनको दिनमा गर्ने जनाएको छ ।

यसैबीच विभिन्न संघ संस्थाका प्रतिनिधीले तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङलाई बधाई ज्ञापन गरेका छन् । गुरुङ सहित निर्वाचित पदाधिकारीलाई गैह्रआवासीय नेपाली संघका निवर्तमान केन्दिय उपाध्यक्ष कुल आचार्य, अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, बरिष्ठ उपाध्याक्ष झलक केसी, पर्वत वेलफेर सोसाइटी यूकेका अध्यक्ष नेत्र आले, पर्वत वेलफेर सोसाइटी यूकेका निबर्तमान अध्यक्ष एवम् नेपलिज सेफ एसोसिएसन युकेका अध्यक्ष दधि आचार्य लगायतले शुभकामना दिँदै तमुधिं यूके जस्तो ठुलो संस्थाको जिम्मा काँधमा बोक्न सफल हुनु भएकोमा अध्यक्ष गुरुङको सहित निर्वाचित पदाधिकारीको सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार ०२:१५