संस्थाका प्रमुख संरक्षक हितकाजी गुरुङ तमुधिं यूकेको अध्यक्ष भएकोमा अन्तराष्ट्रिय पर्वत समाजद्धारा बधाई ज्ञापन

मंसिर २९, पर्वत । बेलायतको सबैभन्दा ठुलो जातीय संस्था तमुधिं यूकेको अध्यक्षमा संस्थाका प्रमुख संरक्षक हितकाजी गुरुङ निर्वाचित हुनुभएकोमा अन्तराष्ट्रिय पर्वत समाजले खुशी व्यक्त गदै बधाई ज्ञापन गरेको छ । समाजले सामजिक संजाल मार्फत बधाई ज्ञापन गरेको हो ।

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, बरिष्ठ उपाध्याक्ष झलक केसी र महासचिव गु्णराज शर्मा ‘गुँराश’, लगायतले सामजिक संजाल मार्फत बधाई ज्ञापन गदै बेलायतको सबैभन्दा ठुलो जातीय संस्था तमुधिं यूकेको अध्यक्षमा निर्वाचित भएकोमा संस्था सँगै पर्वत जिल्लाको गरिमा बढेको बताएका छन् । उनीहरुले लेखेका छन्,‘ गुरुङ हरेक संस्थामा जिम्मेवारी बहन गर्ने, अभिभावकत्व प्रदान गर्ने निडर र प्रष्ट वक्ता हुन् । गुरुङको नेतृत्वमा तमुधिं यूकेले सामजिक एवम् रचनात्मक काम गरेर प्रवासकै उत्कृष्ठ संस्था ठहरिनेछ ।,’

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा जन्मिनुभएका गुरुङ लामो समयदेखी यूकेमा बस्दै आउनु भएको छ । उहाँ विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार ११:५५