पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

१ पुस, पोखरा। कास्कीको पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका(१२ र पोखरा(१ का एकरएकजना पुरुषको मृत्यु भएको हो ।

पोखरा(१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ५स्४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा(१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०स्२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा। शर्माका अनुसार उनी मधुमेहका साथै मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।

प्रकाशित मिति १ पुष २०७७, बुधबार ०८:३४