परिक्षार्थीलाई मास्क वितरण

पुष १, पर्वत । नेपाली काँग्रेसको कोभिड–१९ सचेतना अभियान अन्तर्गत नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसद्धारा संचालित स्नातक तहमा व्यवस्थापन संकायको चौथो बर्षको परिक्षामा सहभागी विद्यार्थीलाई मास्क वितरण गरेको छ । नेवि संघले ५ सय थान मास्क वितरण गरेको हो ।

कोभिड– १९ का कारण शिक्षा क्षेत्रमा अस्त–व्यस्त भएको अवस्थामा परीक्षा सहभागी विद्यार्थीको स्वास्थ्यलाई मध्येनजर गरि मास्क वितरण गरिएको नेवि संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका सभापति शिशिर शर्मा पौडेलले जानकारी दिनुभयो । नेवि संघले मास्क उपलब्ध गराएकोमा आभार व्यक्त गरेका थिए। ने.वि.संघले बिहिवार पनि परिक्षामा सहभागी विद्यार्थीलाई मास्क वितरण गर्नेछ ।

सो मास्कको व्यवस्थापन नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारिले उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघ इकाई गुप्तेश्वर बहुमुखी क्याम्पसका सचिव सन्तोष पाठकले सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति १ पुष २०७७, बुधबार १३:२७