मालढुंगामा वस दुर्घटना प्रति पर्वत मञ्च हङकङद्धारा दुःख ब्यक्त

नेपाली आवाज । पर्वत मञ्च हङकङले कुश्मा नगरपालिका – १ मालढुंगामा भएको वस दुर्घटना प्रति दुःख ब्यक्त गरेको छ ।
पर्वत मञ्च हङकङले एक विज्ञप्ति जारीगर्दै ७ जनाको मृत्यु हुनेगरी भएको दुर्घटना प्रति दुःख ब्यक्त गरेको हो ।

पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ ले बिज्ञाप्ती जारी गर्दै मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ ।

म्याग्दी जिल्लाको वेनीबाट नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा दुर्घटनामा परेको थियो ।वस दुर्घटनामा घटनास्थलमै ३ र उपचारको क्रममा थप ४ जनाको मृत्यु भएको थियो ।

ग १ ख, ६१०८ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । बसमा सवार यात्रु मध्ये ३२ जना यात्रु घाइते भएका छन ।

प्रकाशित मिति ४ माघ २०७५, शुक्रबार १४:२०