पत्रकार महेन्द्र केसीको निधन

पुष ३, पर्वत । पर्वतका पत्रकार महेन्द्र केसीको निधन भएको छ । कोभिड १९ कोरोना भाईरस संक्रमणका कारण केसीको बिहिवार शिक्षण अस्पताल काठमाण्डौमा निधन भएको हो । दशैँताका सर्पले डसेर गम्भीर घाईते भएर सोहि अस्पतालमा उपचार पछि निको भएका केसी एक हप्ता देखि कोरोना संक्रमित भई पुनः अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा उनको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको सर्पदंश पछि मृगौलामा समेत गम्भीर समस्या देखिएको थियो ।

स्वार्गिय केसी नेपाल पत्रकार महासंघ पर्वतका साधारण सदस्य, पत्रकार महासंघ गण्डकी प्रदेशका पार्सद , नेपाल टेलिभिजनका पर्वत संवाददाता तथा साहारापाटी टिभीमा कार्यरत थिए । केसीको निधन प्रति नेपाल पत्रकार महासंघ पर्वतले दुख व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष छविलाल तिवारीले एक शोक वक्तव्य जारी गर्दै केसीको निधनले पर्वतको पत्रकार जगत शोकमग्न भएको उल्लेख छ । स्वार्गिय केसीको स्वार्गवासको कामना गर्दै श्रद्दाञ्जली व्यक्त गर्नुभएको छ भने शोकाकुल परिवारमा समबेदना व्यक्त गर्नुभएको छ ।

गण्डकी संचार अनर्लानको तर्फबाट पनि महेन्द्रको स्वार्गवासको कामना गर्दै हार्दिक श्रद्दाञ्जली व्यक्त गर्दछौँ ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार ०१:०४