गुँरास लाईफ ईन्सुरेन्सद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

पुष ३, पर्वत । गुँरास लाईफ ईन्सुरेन्स कम्पनी बागलुङद्धारा बागलङ नगरपालीका वडा नम्बर १३ का दुई परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ । चट्याङ लागेर मृत्यु भएका बागलुङ १३ का शंकर रिजालका परिवारलाई बिमा अनुरुप ४ लाख ३० हजार २ सय ४८ रुपैया र सोही वडाकी बिभिन्न रोग बाट ग्रशित रुपा रोकाका परिवारलाई १ लाख ९८ हजार ५५ रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

गुँरास लाईफ ईन्सुरेन्स बागलङका प्रबन्धक बिष्णु प्रसाद तिवारी , वडा अध्यक्ष नारायण पौडेल , नेपाली कांगेसका प्रतिनिधी सभा सदस्य प्रकाश पौडेल , महासमिती सदस्य जगदिस चन्द्र उपाध्याय , सिनियर एजेन्सी म्यानेजर तथा एम.डि.आर.टी हिरालाल सापकोटा,स्थानीय जनप्रतिनिधीहरु लगायत राजनितिक दलका प्रतिनिधी द्धारा संयुक्त रुपमा प्रदान गरिएको थियो ।

कार्यक्रम वडा अध्यक्ष नारायण पौडेलको अध्यक्षता वडा सदस्य भवानी प्रसाद रिजालको स्वागत मन्तव्य र पुर्ण प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार ०१:२१