गण्डकीका चार जिल्लामा बन्दको आंशिक प्रभाव, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

पुष ३, पर्वत । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको गण्डकीका चार जिल्लामा .पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) बन्दको आंशिक प्रभाव देखिएको छ । धौलागिरी अञ्चलमा भित्रिने र बाहिरीने सवारी साधन अघिपछिको तुलनामा निकै कम मात्रामा चलेका छन् । गाउँगाउँवाट चल्ने जिपहरु पनि चलेका छैनन् । कुश्मा बजारका बजार भने खुल्ला छन् ।

बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर कुश्मा बजार सँगै गाउँगाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । पर्वत कारागारमा रही उपचारका क्रममा मृत्यु भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा म्याग्दीका नेता गजेन्द्र पुन ‘जगत’को शंकाष्पद मृत्यु भन्दै सो पार्टीले आज धौलागिरी बन्दको आव्हान गरेको हो ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार ०२:१०