नेपाल महिला संघ बिहादी गाउँपालिकाको अध्यक्षमा खड्का

पुष ५, पर्वत । पर्वतको बिहादी गाउँपालिकामा नेपाल महिला संघ गठन भएको छ । नेपाली काँग्रेस निकट महिलाहरुको भेलाले बिष्णु कुमारी खड्काको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिको उपाध्याक्षमा राधिका अधिकारी, सचिवमा चन्द्रकला तिवारी, अर्को सचिवमा सुशिला नेपाली, सहसचिवमा दिपाञ्जली भुषाल भट्टाराई र कोषाध्याक्ष तुलसी शर्मा चयन हुनुभएको छ । समितिको सदस्यहरुमा कोपिला खड्का, शोभाकमारी घिमिरे बस्नेत, मुना पराजुली,डिलमाया नेपाली, सरुपल्ली आले, नरमाया सुनुवार, आशामाया गुरुङ, कमलादेवी भुषाल र माया भुषाल लगायतका महिलाहरु चयन हुनुभएको नेपाल महिला संघ पर्वतकी बार्यवाहक अध्यक्ष मुना शर्मा लामिछाने जानकारी दिनुभयो । संङघीय संरचना अनुसार जिल्लाका सबै पालिका र वडामा महिला संघ गठन कार्य तिव्र पारिएको लामिछानेले बताउनु भयो । अध्यक्ष लामिछानेले पार्टीलाई दृढ बनाउनका लागि सबै लागि परेको बताउँदै महिलाहरुको भुमिका त्यसमा उल्लेखनीय रहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
बार्यवाहक अध्यक्ष लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषाल, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नेपाली काँग्रेसका युवा नेता प्रविण गुरुङ, नेपाली काँग्रेस बिहादी गाउँपालिका सभापति बिष्णुप्रसाद भुषाल, कुश्मा नगरपालिका–५ की वडा अयक्ष एवम् नेपाल महिला संघकी महाधिवेशन प्रतिनिधी चित्रकला भारती, बिहादी गाउँपालिका–४ वहाकीका वडा अध्यक्ष भिमवहादुर श्रेष्ठ र बिहादी गाउँपालिका–६ शालिग्रामका स्थानिय नेता बिजय क्षेत्री लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बिष्णुकुमारी खड्का र कार्यक्रमको संचालन लक्ष्मी भुषालले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा परित्याग गरि प्रवेश गर्नेहरुको लहर चलेको थियो । कार्यक्रममा नेपाली काँग्रेसको सचेतना अभियान अन्तर्गत काँग्रेस महासमिति गंगाधर तिवारी र महाधिवेशन प्रतिनिधी मुना भुषालले बिहादी गाउँपालिकामा सबै वडामा आवश्यक स्वास्थ्य सामग्री सहित मास्क वितरण गरिएको थियो ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार ०४:२२