वडाध्यक्ष राजकुमार क्षेत्रीको सहयोगमा हिमालय माविमा स्वास्थ्य सामग्री वितरण

पुष ६, कुश्मा नगरपालिका २ खुर्कोटमा रहेको हिमालय माविका विद्यार्थीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । नेपाल विद्यार्थी सघं हिमालय माबि इकाईले कोरोना भाइरस लाई मध्यनजर गर्दै विद्यार्थीलाई स्वास्थ्य सामाग्री र खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।

नेविसंघ हिमालय माविका सभापती विवेक गिरीका अनुसार विद्यार्थीलाई १ हजार थान मास्क , १० लिटर सेनिटाइजर र २ थान भलिबल हस्तान्तरण गरिएको छ । कुस्मा नगरपालिका वडा न ८ का वडा अध्यक्ष राजकुमार क्षेत्री मार्फत प्राप्त भएका स्वास्थ्य सामाग्री विद्यार्थीलाई वितरण गरिएको गिरीले बताउनुभयो । उहाँले कोरोनाको महामारीको जोखिम बढ्दै गएको बताउँदै नेपाली काँग्रेस पर्वतले शुरु गरेको स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत सामग्री वितरण गरेको बताउनु भयो । सरकार महामारीको समयमा आफु आफु झगडा गरी संसद विघाटन गरेर देशलाई बर्वादी तर्फ लगेको जिकिर गदै कम्युनिष्टका बिरुद्ध नेवि संघले सडकवाटै संघर्ष गर्ने बताउनु भयो ।

कार्यक्रम सम्पन्न गराउन नेपाल महिला संघका कार्यावाहक अध्यक्ष मुना शर्मा लामिछानले , खेलकुद सामाग्री नेबि संघ कुस्मा नगरपालिकाका सभापति अजय पोख्रेलले गर्नुभएको थियो । कार्यक्रम बिधालय ब्यबस्थापन समिति अध्यक्ष छत्रराज रेग्मी को प्रमुख अतिथिमा भएको थियो । कार्यक्रममा प्रधानाध्यापक माधव प्रसाद रेग्मी पनि उपस्थित हुनुभयको थियो ।

ने बि संघ हिमालय मा बिका सभापति बिबेक गिरीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष सुमन सुवेदीले गर्नुभएको थियो । यसैबिच कक्षा ११ का ३० जना विद्यार्थीलाई स्वागत पनि गरिएको थियो ।

प्रकाशित मिति ६ पुष २०७७, सोमबार ०२:०६