जेठ २, पर्वत । विश्व स्वास्थ्य सगठनले कोरोना भाइरस सधैँका लागि नहट्ने चेतावनी दिएको छ । बिहीबार संगठनका आपतकालीन निर्देशक डा। माइक रायनले कोरोना भाइरस सधैँका लागि कहिल्यै नजान सक्ने बताएका हुन् ।
उनले खोप पत्ता लागे पनि संक्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा लिन ठूलो बल आवश्यक पर्ने बताएका हुन् । अहिलेसम्म करिब तीन लाख मानिसले ज्यान गुमाइसकेको कोरोना भाइरसको संक्रमण ४३ लाखभन्दा बढी मानिसमा भइसकेको छ ।संगठनले कोरोना भाइरसका कारण कैयौँ मानिसको मानसिक अवस्थामासमेत असर परिरहेको बताएको छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा कम लगानी रहेका देशमा लकडाउनले समस्या उत्पन्न गराएको संगठनले उल्लेख गरेको हो ।त्यसकारण संगठनले धेरैजसो देशहरूलाई मानसिक स्वास्थ्यका क्षेत्रमासमेत काम गर्न सुझाब दिएको छ ।
उनले जसरी दादुरा खोप बने पनि पूर्ण रूपमा हटेको छैन, त्यसैगरी खोप बने बनेपछि पनि कोरोना पनि त्यसरी नै रहिरहने बताएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस एडनम घेबरायसले भाइरसको नियन्त्रणका लागि प्रत्येकले आफ्नो क्षेत्रबाट कडाइका रूपमा सुरक्षाका उपायहरू अपनाउन आवश्यक रहेको बताएका छन् ।साभार ः नयाँ पत्रिकावाट
प्रकाशित मिति २ जेष्ठ २०७७, शुक्रबार ०३:३३


