बहुप्रतिक्षित गित ‘जाम हिड धनगडी’ को टिजर सार्वजनिक

माघ ३,पर्वत । लोकगायक बिमलराज क्षेत्रीको बहुप्रतिक्षित गित ‘जाम हिड धनगडी’ को टिजर सार्वजानिक भएको छ । बिमलराज क्षेत्री र चेत वहादुर सिँह ‘राजा’ को सहकार्यमा तयार भएको उक्त गितको टिजर ३० सेकेण्डको रहेको छ ।

टिजर बिमल चौतारी युटुवच्यानलबाट सार्वजानिक भएको छ । पुरा गित माघ ७ गते रिलिज हुनेछ । गीतमा बिमलराज क्षत्री र उनकी धर्मपत्नी टिका कुमारी क्षत्रीले स्वरमा स्वर रहेको छ । सो गीतलाई जिवन बडुले एरेञ्ज गरेका हुन् ।

सोही गीतको भिडियोलाई दिलिप ओखेडाले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा चर्चित कलाकार चेतबहादुर सिंह ‘राजा’, नायिका आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेलको अभिनय रहेको छ ।

प्रकाशित मिति ३ माघ २०७७, शनिबार ०१:४०