कविता  : ‘लाज लाग्छ कि लाग्दैन’

महासय,
उ.. बेला जनतासँग गरेका बाचाहरु सम्झिदा
हजुरलाई थोरै लाज लाग्छ कि लाग्दैन ?

जनताको लागि किनिने
औषधिमा कमिसन खाँदा
हजुरलाई थोरै लाज लाग्छ कि लाग्दैन ?

भुकम्प गएको वेला
त्रिपाल लुकाउनु भयो सह्यौ
जस्ता पाता लुकाउनु भयो सह्यौ
अलि पहिले
ह्वाईट बडि पचाउनु भयो सह्यौ
एन सेलको कर पचाउनु भयो सह्यौ
३५ केजि सुन लुकाउनु भयो सह्यौ

महासय,
अझै कति सहिदिनु पर्ने हामिले ?
के के बिर्सिदिनु पर्ने हामिले ?

अहिले त
विरामिलाई अनुदानमा आएका
अक्सिजनका सिलिण्डर
हजुरले हजुरकै घरमा लुकाउदा
हजुरलाई थोरै लाज लाग्छ कि लाग्दैन ?

खाडिमा मजदुरि गर्न गएका
नेपाली मजदुरले आफ्नो गाँस काटि
किनि पठाएका अक्सिजनका सिलिण्डर हेर्दा
आफू कुर्चि लम्पट भएकोमा
हजुरलाई थोरै लाज लाग्छ कि लाग्दैन ?

अक्सिजन नपाएर हष्पिटलको सैयामा
विरामि तड्पिदा
हजुर कुर्चिको खेलमा लिप्त कसरि हुनु भो ?
यो सब देख्दा
हजुरलाई थोरै लाज लाग्छ कि लाग्दैनर ?

महासय,
हजुर वेसर्मि भएर
लाज पचाए पछि
अचेल
हजुरलाई देख्दा मलाई लाज लाग्छ !

महासय,
यो महामारि को वेला अक्सिजन दिनुस
आर्यघाटमा दाउरा होईन….।
धन्यवाद !

प्रकाशित मिति ५ जेष्ठ २०७८, बुधबार ०३:०१