गण्डकी संचार । काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमबारदेखि हटेको छ । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले माघ २३ गते राति १२ बजेदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
सोमबारदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ बैठकपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्, ‘जोरबिजोर हटे पनि तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’
जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आजको कान्तिपुर दैनिकमा खवर रहेको छ ।
प्रकाशित मिति २४ माघ २०७८, सोमबार ०१:१०


