अन्तराष्ट्रिय पर्वत समाजले पूर्व घोषित परियोजना लागू गदै

गण्डकी संचार (पर्वत) । जिल्लाको समृद्धि र विकासका लागि अन्तराष्ट्रिय पर्वत समाजले विभिन्न परियोजना लागू गर्ने तयारी गरेको छ । संस्थाले पूर्व घोषित परियोजना लागू गर्न लागेको हो । पुर्ब घोषित परियोजना को समन्यन लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । सो समितिले स्थानीय निकायसँग समन्वय गरी परियोजना सम्बन्धी बृहत प्रतिबेदन समितीमा पेस गर्नेछ । त्यस पश्चात परियोजना कार्यन्यनको लागी ठोस् निर्णय गरिने जनाएको छ ।

समाजले सम्पूर्ण प्रवासमा बस्ने प्रवासी पर्वतेहरुको अपनत्व रहने गरी लगानीको लागि अवधारणा अगाडि बढाउने निर्णय समेत गरेको छ । संस्थाले तेस्रो अधिवेशनमा प्रस्तुत नभएको आर्थिक प्रतिवेदन समितिका सह–कोषाध्यक्ष रुद्र मणी लम्सालले बार्सिलोना भेलामा प्रस्तुत गर्नुभएको थियो । गत २५ मे मा बसेको समिकीको बैठकले सो प्रतिवेदनलाई अनुमोदन गरेकोछ । उक्त प्रतिवेदन समितीको वेव साईट धधध।ष्उकउबचदबतकयअष्भतथ।यचन मार्फत सार्वजानिक गरिने छ । अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले निर्वाचित भए लगत्तै पत्रकार महासंघ पर्वत शाखाको हलमा क्रियाशिल पत्रकारहरु बीच पत्रकार सम्मेलन गरी छिट्टै नै प्रतिवदन सार्वजानिक गर्ने प्रतिवद्धा व्यक्त गर्नुभएको थियो ।

बैठकले गत अप्रिल १७÷१८ गते सम्पन्न भएको अन्तराष्ट्रिय पर्वत समाजको वार्सिलोनामा भएको भेलाको समिक्षा गदै भेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि अहोरात्र खट्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।बैठकले वार्सिलोना भेला मार्फत गरिएका घोषणालाई यथासिघ्र कार्यान्वयन गर्ने निर्णय समेत गरेकोछ । अन्तराष्टिय पर्बत समाजको आगमी भेलाको लागी बृहत अध्यन गरगरि समिती लाई जानकारी गराउनको लागी बरिष्ठ उपाध्यक्ष परशु राम पौडेल लाई जिम्मा दिएको छ ।

समितीको बैठकले हालै सम्पन स्थानीय निकायको निर्वाचनवाट पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामा निर्वाचित अध्यक्ष, उपाध्याक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । साथै यूके कोलवर्न सिटिबाट मेयर पदमा निर्वाचित संस्थाका प्रमुख सल्लाहकार डाक्टर जगन्नाथ शर्मालाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेको छ ।

संस्थाको आगामी बैठक जुन १२ तारिख आईतवारका दिन काउन्स्ील परिषद प्रमुख, संरक्षक, सल्लाहकार एवम् कार्य समिति तथा विभिन्न समितिहरु विच जुम मार्फत बृहत बैठक गर्ने निर्णय गरेको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव मणि भुर्तेलले जानकारी दिनुभयो । साथै उहाँले बैठकमा अनिवार्य उपस्थित हुनका लागि सम्पूर्णलाई आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति १६ जेष्ठ २०७९, सोमबार ०८:५८