मुक्तक–१
साथ दिन्छु जुनि जुनि मेरै भर पर भन्छ
हुन्न केही गलत कदम समीपमै सर भन्छ
मेरा हरेक रहरहरु पूरा गर्ने वाचा गर्दै
चोखो प्रेम साटासाटलाई किन मान्नु डर भन्छ।
मुक्तक–२
कुना पसि टुच्च लगाउने वर चाइदैन
छोरी हुन्छु, बुहारी भन्ने घर चाइदैन
सुन्दा पनि समाचार अत्तालिन्छ मन
दाइजो पात अनेक निहुँको डर चाइदैन।
मुक्तक–३
नबुझेझै गरेको त्यो आनाकानी मन पर्यो हजुर
नरम स्वभाव, सहयोगि बानी मन पर्यो हजुर
खै के के रहेछ माया कस्तो यो अनुभुती
अनायसैको तिम्रो मनोमानी मन पर्यो हजुर ।
मुक्तक–४
तिम्रो मेरो माया प्रेम बस्न थाल्यो चर्को हजुर
वरिपरि भिडभाड पनि लाग्न लाग्यो झर्को हजुर
नयाँ घर नयाँ मान्छे शिर माथी पार्नु पर्ला
चुरा पोते सिन्दुर सँगै किनि राख्नु बर्को हजुर।
मुक्तक–५
लैजाउ प्यारा तिम्लाइ यो दिल दिनेछु
मुटुभरी भाुको माया टिलपिल दिनेछु
शंका नलेउ रत्तिभर पार्दिन अलपत्र
सत प्रतिशत ग्यारेन्टीको बिल दिनेछु ।
साहित्यकार गौत्तम फलेवास नगरपालिकाकी पव्लिक हेल्थ नर्स हुन् ।
प्रकाशित मिति ७ माघ २०७९, शनिबार १०:०५


