गण्डकी संचार (पर्वत) । गायक तथा सर्जक सुदीप क्षेत्रीको नयाँ लोकदोहारी गित ‘सैँ ले भर काट्यो’ सार्वजानिक भएको छ । विशेषतः वियोगान्त विधामा आधारित गीत शनिवार सार्वजानिक भएको हो । सार्वजानिक भएको छोटो समयमा गितले धेरै भ्युज र राम्रो प्रतिक्रिया पाएको छ ।
वियोगान्त विधामा आधारित गीतहरू तयार पार्न र स्वर भर्न सिपालु क्षेत्रीले बालापनको उमेरदेखि बसेको माया छुट्टिनुपर्दाको पिडामा दुई प्रेमीहरूको जीवन कसरी उजाडिन सक्छ भन्ने कथा प्रस्तुत गरेका छन् ।
सूदीप क्षेत्रीकै शब्द रचना रहेको गीतमा क्षेत्री र सिता परियारले स्वर भरेका छन् । तारानाथ आचार्यको सङ्गीत संयोजन रहेको गीतको म्युजिक भिडिओको निर्देशन अर्जुन थापाले गरेका छन् । कमल एलेक्सको छायाङ्कन र सम्पादन रहेको गीतमा नवराज गिरी, सिर्जना गुरुङ र दीपेश बि. पोख्रेलको अभिनय रहेको छ । भिडियो हेर्नुहोस्


