गण्डकी संचार (पर्वत) । पर्वतको पैयूँ गाउँपालिकामा निःशुल्क आँखा शिविर हुने भएको छ । पर्वत हङकङ मञ्चको आयोजना, पर्वत पैयूँखोला समाज हङकङको व्यवस्थापन, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा पैयूँ गाउँपालिकाको समन्वयमा शिविरको आयोजना गरिएको हो ।

मंसिर ८ गते हुवास बहुमुखी क्याम्पसमा आयोजना गरिएको शिविरले दुर्गम गाउँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन सकून् भन्ने उद्देश्यले शिविरको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले जानकारी दिनुभयो । शिविरमा गाउँपालिका सहित नजिकका जुनसुकै पालिका र छिमेकी जिल्लाहरुका नागरिक बिरामीले सेवा लिन सक्नेछन् ।



