संसदमा झुट बोलेर काममा बाधा पु¥याएको भन्दै ट्रम्पका पूर्वसल्लाहकार जेल चलन

फागुन ९, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार रोजर स्टोनलाई ४० महिनाको जेल सजाय सुनाइएको छ । अमेरिकी न्याय विभागले ६७ वर्षीय स्टोनलाई अमेरिकी संसदमा झुट बोलेर काममा बाधा पुयाएको भन्दै उक्त सजाय सुनाइएको हो ।

त्यसैगरी, राष्ट्रपति ट्रम्पलाई गैरकानुनी काम गर्न प्रोत्साहन गरेको पनि उनीमाथि आरोप लगाइएको छ ।सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको हस्तक्षेपबारे अनुसन्धान गर्नेक्रममा संसदीय समितिहरुमा झुट बोलेर गलत सूचना दिएको आरोप लगाइएको छ ।

स्टोनलाई ‘विकिलिक्स’लाई सम्पर्क गर्ने उनको प्रयासका बारेमा छानबिन समितिसमक्ष झुट बोलेको आरोप लगाइएको छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०२:५०