बैशाख २७, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले स्थापना गरेको राहात कोषमा सक्दो सहयोग गर्न कोषाध्याक्ष विनोद पुरीले आग्रह गर्नुभएको छ । समाजले हालसम्म साढे १२ लाख रुपैयाँ जम्मा गरि कोष स्थापना गरेकाले स्वेच्छिक रुपमा सक्दो सहयोग गर्न प्रवासी पर्वतेलीलाई उहाँले अपील गर्नुभएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध लड्न समाज एक्लैले नसक्ने भन्दै यस विरुद्धको लडाइँमा सबै पर्वतेलीहरुको साथ र सहयोग आवश्यक रहेको पुरीले औल्याउनु भएको छ ।
कोषाध्याक्ष पुरीले गण्डकी संचार सँग कुराकानी गदै स्वेच्छिक रुपमा कोषमा रकम जम्मा गर्न अनुरोध गर्नुभएको हो । अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार तथा सदस्यहरुलाई सम्बोधन गदै कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका पर्वतेलीहरुको सहयोगार्थ रकम जम्मा गरेकाले उक्त कोषमा रकम दाखिला गर्न उहाँले आह्वान गर्नुभएको हो ।
कोषाध्याक्ष पुरीले भन्नुभएको छ,‘विश्वमा फैलिरहेको कोरोना महामारीको प्रकोपले प्रवासमा भएका नागरिकहरुलाई नकरात्मक प्रभाव पार्नुका साथै मानिसको जन–जीवनमा संकटपूर्ण र अकल्पनीय छ भन्ने कुरा सबैलाई जानकारी नै छ । यस महामारीे बिरुद्ध संघर्ष गर्न अन्तराष्ट्रिय पर्वत समाजले आम पर्वतेलीकोे लागि आर्थिक सहयोग, गर्ने उद्देश्यले रकम संकलन अभियन थालेको छ । अभियानलाई सफल र प्रभावकारी बनाउन यहाँहरुको महत्वपूर्ण सहयोग आवश्यक परेको हुँदा सहयोग गर्नसबैलाई आह्वान गर्दछ ।’
संकटको बेला एक पर्वतेलीले अर्का पर्वतेलीलाई सहयोग गर्नुपर्ने मान्यतालाइ आत्मसाथ गदै अन्तराष्ट्रिय पर्वत समाजले आर्थिक संकलन अभियान जारी राखेकोले संकटको बेला “एक थुकी सुकी सय थुकी नदी“ भने जस्तै स्वेच्छिक रुपमा सहयोग गर्नुहुने छ भन्ने कुरामा हामी विश्वास्त छौँ,’ पुरीले भन्नुभयो ।
साथै उहाँले संसारभर फैलिएको कोरोना भाइरसका कारण विश्व समुदाय नै आतंकित भएकाले सबैलाई सम्वन्धित ठाउँमा सुरक्षित तरिकाले बस्न समेत आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति २७ बैशाख २०७७, शनिबार ०८:५२


