बैशाख ३०, काठमाडौँ ।कोरोनाको कारण विदेशमा रहेका २२ प्रतिशत नेपाली कामविहीन भएको एक अध्ययनले देखाएको छ ।
प्रवासी नेपाली समन्वय समिति ९पीएनसीसी०ले कोरोना महामारीका कारण विदेशमा रहेका श्रमिकलाई परेको समस्याबारे विभिन्न माध्यममार्फत सङ्कलन गरेको विवरण अनुसार सबैभन्दा धेरै अथवा २२ प्रतिशत श्रमिकले आफू कामविहीन भएको उल्लेख गरेका हुन् ।
कोरोनाका कारण समस्यामा परेका नेपालीलाई सहयोग गर्ने उदेश्यले पीएनसीसीले अनलाइन, फोन र विभिन्न सामाजिक सञ्जालमार्फत श्रमिकलाई परेका समस्याको विवरण सङ्कलन गरेको थियो ।
विदेशमा समस्यामा परेका ९ सय ३ मध्ये जनाले आफूलाई परेको समस्या र चाहनासहित पीएनसीसीमा सम्पर्क गरेकोमा प्राप्त विवरण अनुसार सबैभन्दा धेरै अर्थात २२ प्रतिशतले विभिन्न कारणले आफू बेरोजगार रहेको उल्लेख गरेको पीएनसीसीले जनाएको छ ।
प्रकाशित मिति ३० बैशाख २०७७, मंगलवार ०४:४०


