अन्तराष्ट्रिय पर्वत समाजको  जुममार्फत् शुभकामना आदानप्रदान हुने

कात्तिक २८, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विविध साँस्कृतिक, सामाजिक, सद्भावको सम्मान गरौँ, समृद्ध पर्वत अभियानमा हाम्रो दायित्व पुरा गराँै भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ । नेपालीहरुको महान चाड वडादशैँ दिपावली तथा छठ पर्वको अवसरमा जुम (अनलाईन) मार्फत कार्यक्रमको आयोजना गर्र्न लागेको अन्तराष्ट्रिय पर्वत समाजका बरिष्ठ उपाध्याक्ष एवम् कार्यक्रम संयोजक झलक केसीले जानकारी दिए ।

आईतवार १५ नोभेम्वरका दिन आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना रहनुहुने भएको छ । अध्यक्ष तिमिल्सीना सहित कार्यक्रममा संघिय सांसदहरु, नेपाल सरकारका उच्च पदस्त व्यक्तिहरु, प्रदेश सांसदहरु, नगरपालिका मेयर, उपमेयरहरु, गाउँपालिका अध्यक्ष एवं उपाध्यक्षहरु, विदेशस्थित उच्चपदस्त व्यक्तिहरु, अन्तराष्ट्रिय पर्बत समाज संरक्षकहरु, सल्लाहकारहरु, सामाजिक अभियान्ता, पत्रकार सहित विश्वभरी छरिएर रहेका पर्वतेहरुको उपस्थिति रहने छ ।

कार्यक्रम संयोजक केसीका अनुसार जुम मार्फत हुने कार्यक्रममा पर्वतको विकास र समृद्धिका बारेमा विश्वभरी रहेका पर्वतेलीहरु सँग छलफल पनि हुनेछ ।उक्त कार्यक्रमको हाम्रो बिसाउनी र गण्डकी संचार लगायतको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण गरिने छ ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार १५:५५