पर्वत उद्योग बाणिज्य संघ निर्वाचनः खोई एमालेको उम्मेदवार ?

साजन परियार, पर्वत । यतिबेला मुलुक राजनीतिक संकटको चक्रव्यूहमा छ । २०७४ मंशीर १० र २१ गते फरक चिन्हबाट उम्मेदवारी दिएर एउटै पार्टी बनाउने प्रतिवद्धता गरेका तत्कालिन नेकपा एमाले र नेकपा माओबादी (केन्द्र)का बिच २०७५ जेठ ५ गते गर्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बनेको थियो । उक्त दलले दुई तिहाईको सरकार चलाउँदै जाँदा गत पुष ५ गते नेकपा अध्यक्ष एवं केपि ओलीले संसद् बिघटन गरे । त्यसयता ओली एकातिर र नेकपाकै अर्का अध्यक्ष प्रचण्ड तथा माधवकुमार नेपाल, झलनाथ खनाल अर्कोतिर । दुबै पक्ष अहिले एकअर्काको उछितो काढ्नमै व्यस्त छन् ।
पछिल्ला केहि दिनयता राजनीतिक बृत्तलाई केलाउँदा दुबै पक्षको कटाक्ष सामान्य नागरिकले समेत सुन्ने तहको छैन । केन्द्रमा मात्रै होइन जिल्ला र गाउँ तहका नेता कार्यकर्ता तथा मतदाता तहसम्म पनि त्यसको असर कतिसम्म परेको छ भन्ने कुरा सामाजिक सञ्जालका भित्ताहरुमा छर्ल»्ग छ । यहि राजनीतिक उछिनपाछिनका बिचमा आइतबार सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेलको नाममा रहेको र ओलीÐप्रचण्ड समुहको नेकपा अबैध भएको फैसला सुनाएपछि त्यसको असर केन्द्रमा मात्रै नभएर पर्वतमा समेत वर्षापछिको घाम झै छर्ल»्गिएको छ ।
यहि सेरोफेरोमा उक्त परिदृश्यले आसन्न चैत ७ गते हुने भनिएको उद्योग बाणिज्य संघ पर्वतको निर्वाचनलाई समेत प्रत्यक्ष असर पार्ने देखिएको छ । व्यवसायिहरुको साझा संस्थाका रुपमा देखाउने दाँत जस्तै भए पनि विगतदेखि नै एमाले, माओबादी (केन्द्र) तथा नेपाली कांग्रेसका छुट्टाछुट्टै प्यानलमा उम्मेदवारी देखिएका र एकले अर्को प्यानललाई बढारेर जाने संस्कृती नदेखिएको होइन । यसपाली पनि आसन्न निर्वाचनलाई लिएर उद्योग बाणिज्य संघमा नेपाली कांग्रेस, नेकपा एमाले र माओबादी केन्द्रका प्यानल कुनÐकुन भन्ने चर्चा चल्नु स्वभाविक नै हो ।
निर्वाचन आउन २ साता मात्रै बाँकी रहेको समयसम्म आइपुग्दा नेपाली कांग्रेस र माओबादी केन्द्रले आफ्ना उम्मेदवारका प्यानल खडा गरि चुनावी प्रचारमा लागेका छन् । तर, विगतमा पर्वतको उद्योग व्यवसाय हुट्टििट्याउँले पृथ्वी धानेजस्तै मेरै थाप्लाले धानेको छ भनेर फुईं झार्ने तत्कालिन नेकपा एमालेका व्यवसायीहरुले आफ्नो एउटा उम्मेदवारी समेत दिन नसक्नुले अनेक आशंका जन्माएको छ ।
नेपाली कांग्रेसका व्यवसाीले विगतदेखि नै लोकतान्त्रिक पृष्ठभुमी भएका शिव शर्माको नेतृत्वमा साझा व्यवसायिक प्यानल बनाएर प्रचारमा लागेको दाबी गरेका छन् । यता माओबादी केन्द्रले पनि विगतदेखि प्रचण्ड प्यानलमा लागेर तत्कालिन माओबादी निकट व्यवसायीहरुको केन्द्रिय सदस्य समेत भइसकेका गोपी अधिकारीलाई अघि सारेर चुनावी अभियानमा लागेको छ ।
केहि दिनको राजनीतिक परिदृश्य र नेकपा फुटेपछि सामाजिक सञ्जालमा केहि व्यवसायीहरुले नै दिएका अभिव्यक्तिबाट पनि ओली र प्रचण्डÐमाधव पक्षबिच पानी बारारबारको अवस्था सृजना भएको प्रस्टै हुन्छ । यस्तो अवस्थामा अब एमाले निकट व्यवसायीहरुमा कुन प्यानलको उम्मेदवारलाई मतदान गर्ने भन्ने अन्योल सृजना हुन थालेको छ । प्रचण्ड निकट व्यवसायीले आफ्नो उम्मेदवार पाएकोमा फुरु»्ग देखिन्छन् । एमालेका ओली निकट व्यवसायी (जसले सामाजिक सञ्जालमै हिजो प्रचण्डÐमाधव उछितो काढिरहेका छन्) उनिहरुले अब आफ्नो उम्मेदवार खडा गर्ने वा प्रचण्ड प्यानलमा लम्पसार पर्ने भन्ने दोधारमा छन् । जो हिजो एमालेको प्यानलबाट उम्मेदवारी दिएर व्यवसायीकै नेतृत्व गरे । उनिहरुले नै अहिले प्रचण्ड प्यानलका उम्मेदवारसंग घाँटी जोड्नुले काठमाण्डौंमा बसेका ओली र संसद् बिघटन पछि एकाएक ओलीको पोखरीमा हाम फालेका पर्वतका सम्माननिय, माननिय र ताननियहरुलाई त्यहि पोखरीको डिलमा बसेर गिज्याइरहेका छैनन् त ?

प्रकाशित मिति २४ फाल्गुन २०७७, सोमबार ०९:२०